जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय महिला दिवसमा आइएमई अटोमोटिभ्सको ‘महिला सशक्तीकरण अभियान’

अन्तर्राष्ट्रिय महिला दिवसमा आइएमई अटोमोटिभ्सको ‘महिला सशक्तीकरण अभियान’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तीकरणका लागि नयाँ अभियान सुरु गरेको छ। यस अभियानअन्र्तगत सैद्धान्तिक एवं व्यावहारिक ज्ञानसहितको निःशुल्क तालिम प्रदान गरिनेछ।

उक्त तालिममार्फत महिलालाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारीसाधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरु खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिइएको छ। यस्ता अभियानहरुले महिला सशक्तीकरणमा जोड दिँदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिइएको छ।

आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘निर्माण उद्योगमा महिलाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ। यो निःशुल्क तालिम प्रदान गरेर हामी महिलाहरुलाई सशक्तीकरण गर्ने र उनीहरुलाई सफल हुन आवश्यक पर्ने उपकरणहरु उपलब्ध गराउने आशा गर्छौं।’

यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ। तालिमको अन्त्यमा सहभागीहरुले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछ। जसलाई सम्भावित रोजगारदाताहरुलाई आफ्नो नयाँ प्राप्त सीपहरु प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ।

यस अभियानका बारेमा थप जान्न र निःशुल्क प्रशिक्षण कार्यक्रमका लागि आवेदन दिन ९८०११०८९२२ नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका