जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • होमस्टे एशोसियसनको सिफारिसमा कृषि विकास बैंकले कर्जा दिने

होमस्टे एशोसियसनको सिफारिसमा कृषि विकास बैंकले कर्जा दिने

कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान)बीच वित्तिय तथा सामाजिक÷सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होसानका अध्यक्ष केशव प्रसाद बडालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले सम्झौताले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । होसानका अध्यक्ष बडालले सम्झौताले प्रकृति तथा स्थानिय संस्कृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक बढाउन सहयोग पुग्ने विश्वास गरे ।

सम्झौता अनुसार बैंकले होसानमा आवद्ध करिब १ हजार होमस्टेलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउनुका साथै एसोसियसनको सिफारिसमा कृषकहरुलाई आवश्यकता अनुसार बाख्रा पालन, तरकारी खेती, कुखुरा पालन जस्ता परियोजनामा सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउने छ ।

7310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका