जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल बैंकले पुस २ गतेका लागि बोलायो साधारण सभा

नेपाल बैंकले पुस २ गतेका लागि बोलायो साधारण सभा

नेपाल बैंक लिमिटेडले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठक बैंकको प्र्रधान कार्र्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो  ।  सभाले  गत आर्थिक वर्ष ०७७/७८  को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित  गर्नुका साथै प्रस्तावित कुल १६ प्रतिशत लाभांशलाई पनि  अन्तिम रुप दिनेछ ।  

बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको छ । बोनस पश्चात यो पूँजी १२ अर्र्ब ६३ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको यस वर्षको लाभांश प्राप्त गर्न  र सभामा भाग लिन योग्य हुनेछन् ।

4285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका