जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंक र वित्तिय संस्थाका सञ्चालकहरु नै सूचना विक्री गर्दै, शेयर मूल्यमा चलखेल गरेका ५१ कम्पनी माथी छानवीन तिव्र, चलखेल गर्ने व्यक्ति र समूहहरुको पहिचान : नेपाल धितोपत्र बोड (प्रमाण सहित)

बैंक र वित्तिय संस्थाका सञ्चालकहरु नै सूचना विक्री गर्दै, शेयर मूल्यमा चलखेल गरेका ५१ कम्पनी माथी छानवीन तिव्र, चलखेल गर्ने व्यक्ति र समूहहरुको पहिचान : नेपाल धितोपत्र बोड (प्रमाण सहित)

भनिन्छ लुट्न नेपालको कानुनले कसैलाई रोक्दैन यस्तै यस्तो भएको छ शेयर बजारमा भन्दा अब चाहि फरक पर्दैन । आफै सञ्चालक आफैं शेयर खेलाडी भएकै कारण रातारात शेयर बजारलाई बढाउने र घटाउने काम विगत वर्ष देखिनै हुँदै आएका उदाहरण हामीसंग छन् ।

वाणिज्य बैंक, विकास बैंक, बीमा कम्पनी, हाइड्रोपावर, होटल जस्ता संस्थाहरुमा सञ्चालक भएका साहु महाजनहरुले नै सूचना बेच्ने गरेको खुलेको छ । चिया चुरोट खाने निहुँमा बोर्ड बैठकबाट बाहिर निस्केर ब्रोकरलाई सूचना बेच्ने र कमिहन दिने यी संस्थाका सञ्चालकहरुलाई कसले पो के गर्न सक्दछ । हाम्रो नेपालमा । नेपाल धितोपत्र बोर्डले रातारात शेयरको मुल्य बढाउने व्यक्ति र समूहको पहिचान गरि सकेको भेटिएको छ ।
नेपाल धितोपत्र बोर्ड उच्च स्रोतले आर्थिक बजार न्यूजडटकमसंग भन्योः– हामीले अस्वभाविकरुपमा शेयर मुल्य माथि चलखेल गर्नेहरुको पहिचान गरेका छौं । केही समय भित्र सार्वजनिक हुन्छ र कानुन अनुसार कारवाहीको प्रक्रिया थालिने छ नि ।

नेपाल धितोपत्र बोर्डले हालै शंकाको घेराउमा राखी ५१ वटा कम्पनीहरु माथी छानवीन गरिरहेको भेटिएको छ । रातारात अर्बपति बन्ने राज्यलाई कर नबुझाउने, चिप्लो र महंगो कार चढ्ने, ठूला ठूला होटलमा डिर्नर गर्ने, वाणिज्य बैंक, विकास बैंक, बीमा कम्पनी, हाइड्रोपावर लगायतका सयौं सञ्चालकहरु माथी सम्बन्धीत नियमनकारी निकायले छानवीन नगरे अर्थतन्त्रको मुटु शेयर बजार ध्वस्त हुने प्राय निश्चित छ भन्दा अब चाहि फरक पर्दैन् ।

जसरी ५१ कम्पनी माथी नेपाल धितोपत्र बोर्डले छानवीन ग¥यो । त्यसैगरी शंका भएका बैंक र वित्तिय संस्थ माथी पनि राष्ट्र बैंकले तत्कालै छानवीन शुरु गर्नु पर्दछ की पर्दैन । नेपाल राष्ट्र बैंकका गर्भनरले शेयरको मुल्य बढेसंगै अस्वभाविक भन्दै टुईट मार्फत आश्चर्य प्रकट गरेका छन् । छानवीन गर्न सक्नु प¥यो नि गर्भनर साब कि कसो ?

एक वाणिज्य बैंकका सीइओले नाम नलेख्ने शर्तमा भनेः– हाम्रा बैंकका सञ्चालकज्यूहरु बोर्ड बैठकमा भएका निर्णय १ मिनेटमै शेयर ब्रोकर र साथीभाईलाई चुहाउनु (दिनु) हुन्छ । यसैका कारण बजारमा चलखेल बढ्ने गरेको छ नि ।
उनीकै शब्द सापटी लिने हो भने वाणिज्य बैंक र विकास बैंकका प्रायः जस्तो सञ्चालकहरुले एक न एक ब्रोकरलाई आफ्न्तको नाममा शेयर किनाउने र बेच्ने गर्दछन् । बैंकको बोनस शेयर र लाभाशं बैंक बोर्डबाट पास भएको निर्णय सार्वजनिक नहुँदै शेयर खरिद गरि अर्बपति बन्ने दर्जनौ बैंकका सञ्चालहरु छन् भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् ।

नेपाल धितोपत्र बोर्ड उच्च स्रोत भन्दछ । कुन कम्पनीको सेयर कुन व्यक्ति वा समूहले कुन मितिमा किनेर कसरी मूल्य बढायो भन्ने बारे हामीसंग तथ्याङ्क नै छ । र अहिले हामीले मूल्यमा चलखेल गर्ने व्यक्ति र समूहको प्रारम्भिक पहिचान गरिसकेका छौं, उनीहरुमाथि हाम्रो शुक्ष्म निगरानी छ,’ उनले भने, ‘हाम्रो टिम कैफियतका बलिया आधारहरु जुटाउन लागि परेको छ नि ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक विकास बैंकहरुका सञ्चालकहरु माथी तत्कालै छानवीन गर्नुपर्ने चर्को आवाज उठेको छ । राज्यले सर्वसाधारण जनताहरुको गुनासो सुन्नु पर्दछ । कि पर्दैन ? जनताको पैसामा लडिवडी गर्ने र भत्ता खाने महंगो गाडी चढ्ने र शेयर बजारमा सूचना विक्री गर्ने, माफियाहरुलाई सधैं जे गर्न पनि छुट ? यो कस्तो छुट हो हेक्का होस् ।

जसरी ५१ कम्पनी माथी नेपाल धितोपत्र बोर्डले छानवीन ग¥यो । त्यसैगरी शंका भएका बैंक र वित्तिय संस्थ माथी पनि राष्ट्र बैंकले तत्कालै छानवीन शुरु गर्नु पर्दछ की पर्दैन । नेपाल राष्ट्र बैंकका गर्भनरले शेयरको मुल्य बढेसंगै अस्वभाविक भन्दै टुईट मार्फत आश्चर्य प्रकट गरेका छन् । छानवीन गर्न सक्नु प¥यो नि गर्भनर साब कि कसो ?

गम्भिर छ ! https://t.co/EQnZeSOLb1

— Maha Prasad Adhikari (@AdhikariMaha) June 11, 2021

 

नेपाल धितोपत्र बोर्ड उच्च स्रोत भन्दछ । कुन कम्पनीको सेयर कुन व्यक्ति वा समूहले कुन मितिमा किनेर कसरी मूल्य बढायो भन्ने बारे हामीसंग तथ्याङ्क नै छ । र अहिले हामीले मूल्यमा चलखेल गर्ने व्यक्ति र समूहको प्रारम्भिक पहिचान गरिसकेका छौं, उनीहरुमाथि हाम्रो शुक्ष्म निगरानी छ,’ उनले भने, ‘हाम्रो टिम कैफियतका बलिया आधारहरु जुटाउन लागि परेको छ नि ।

सेयर मूल्यमा चलखेल गरेका ५१ कम्पनी निगरनीमा
देश कोरोना भाइरसको महामारीले चरम संकटमा छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र जर्जर आवस्थामा पुगेको अवस्था पनि छ । यही मौका छोपी माफियाहरु चलमलाएको देखिन्छ । केही शेयर माफियाका कारण अर्थतन्त्रकै ऐना मानिने सेयर बजार भने अस्वाभाविकरुपमा बढेको छ भन्दा फरक पर्दैन । दिनैपिच्छे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ । नेप्से सूचक ३००० अंकमाथि पुगिसकेको छ । एकैदिन २० अर्ब रुपैयाँसम्मको करोबार समेत भएको देखिन्छ ।

यस्तो अवस्थामा उच्च अंकको उछाल आउनु र कारोबार रकम पनि ह्वात्तै बढेपछि सेयर बजारमा अस्वाभाविक चलखेल भएको पुष्टी नै भएको छ भन्दा फरक पर्दैन । वाणिज्य बैंक, विकास बैंक, बिमा कम्पनी लगायतका सञ्चालकहरुका आफ्न्तहरु, टाठाबाठा, ठूला, पहुँच भएका र समूह नै बनाएर मूल्य घटबढ गराउन सक्रिय समूहले यस्तो चलखेल गर्दै आएका छ भन्दा फरक पर्दैन । यस्तो चलखेलबाट बढेको देखेर बजारमा प्रवेश गर्ने साना लगानीकर्ताहरुको लगानी डुब्ने पक्का पक्की जस्तै छ । भन्दा फरक पर्दैन ।

सेयर बजारमा उत्तारचढाव हुनु सामान्य हो । सेयर बजारको ब्यूटी पनि त्यही उत्तारचढाव हो । तर, बजारमा हुने अस्वाभाविक चलखेलले सीमित शेयर माफियालाई बाहेक अरु कसैलाई पनि फाइदा हुँदैन । भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् । बजारमा चलखेल भएको ठूलो गुनासो आएपछि नेपाल धितोपत्र बोर्डले केही दिन अगाडी एउटा विज्ञप्ति नै प्रकाशित गरेर ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल भएको भन्दै ती कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण भएको विज्ञप्तीमै उल्लेख देखिन्छ । यसबाटै पुस्टी भएको छ । चलखेल कति हुन्छ भनेर । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढाइएको पाइएकाले ती कम्पनीका बारेमा छानबिन गर्दै कारवाहीको तयारी गरेको देखिन्छ ।

आँखु खोला जलविद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर बरुण हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, लिवर्टी इनर्जी, माउण्टेन इनर्जी, माउण्टेन हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, रैराङ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, रिडी हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, सिनर्जी पावर, यूनियन हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी, माथिल्लो तामाकोशी कम्पनीको सेयर मूल्यमा चलखेल भएको छ भन्दा फरक पर्दैन । राज्य कहाँ छ किन बोल्दैन ।

हाइड्रोपावरको सेयरमा चलखेल
नेपाल धितोपत्र बोर्डका अनुसार जलविद्युत् उपसमूहका २० कम्पनीको सेयर मूल्यमा असाध्यै धेरै चलखेल भएको छ । नेपाल स्टक एक्सचेञ्जका जलविद्युत् उपसमूहका कूल ४० कम्पनी सूचीकृत छन् । त्यसमध्ये ५० प्रतिशत कम्पनीको सेयर मूल्यमा धेरै चलखेल भएको देखिन्छ । हेक्का होस् ।

आँखु खोला जलविद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर बरुण हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, लिवर्टी इनर्जी, माउण्टेन इनर्जी, माउण्टेन हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, रैराङ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, रिडी हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, सिनर्जी पावर, यूनियन हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी, माथिल्लो तामाकोशी कम्पनीको सेयर मूल्यमा चलखेल भएको छ भन्दा फरक पर्दैन । राज्य कहाँ छ किन बोल्दैन ।

एक दर्जन बीमा कम्पनीहरु २०७३ साउन १२ गते लाईफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर प्रति कित्ता ३ हजार ५५६ रुपैयाँमा कारोबार भएको थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य १ हजार ११५ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य २ हजार ५४७ रुपैयाँ छ । कम्पनीको इपीएस ६.९५, पीई रेसियो ३६६.४७ र खुद मूल्य १३९.७४ रुपैयाँ छ । यसैबाट पुष्टी हुन्छ शेयर मुल्यमा कति चलखेल हुन्छ भनेर ।

२०७३ साउन १२ गते नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४ हजार २० रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य १ हजार २३ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य २ हजार ९१ रुपैयाँ थियो ।
यस्तै २०७८ जेष्ठ ३१ गते रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७३४ रुपैयाँ छ । कम्पनीको इपीएस ४.१८, पीई रेसियो १७५.६० र खुद मूल्य ११०.८८ रुपैयाँ थियो ।

यस्तै अजोड इन्स्योरेन्स, आईएमई जेनरल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र सानिमा जेनरल इन्स्योरेन्सको सेयर मूल्य चलखेल गरी बढाइएको आशंका नेपाल धितोपत्र बोर्डको अध्ययनले देखाएको छ भन्दा फरक पर्दैन ।
२०७३ साउन १२ गते आईएमई जेनरल इन्स्योरेन्सको सेयर मूल्य ८० रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य ३४७ रुपैयाँ पुगेको थियो । भने, २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर १ हजार ३३२ रुपैयाँ प्रतिकत्ता कारोबार भएको छ । कम्पनीको ईपीएस २३.२४, पीई रेसियो ५७.३१ र खुद मूल्य १६९.८७ रुपैयाँ भएको भेटिके छ । यसले पुष्टी हुन्छ कि शेयर माफियाहरुको कति चलायमान छन् भनेर ।

२०७३ साउन १२ गते यूनाइटेड इन्स्योरेन्स सेयर मूल्य १ हजार २८५ रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य २९८ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर प्रतिकित्ता ८३० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस ५.१३, पीई रेसियो १६१.७९ र खुद मूल्य १४४.०१ रुपैयाँ पुगेको देखिन्छ । यसबाटै पुष्टी हुन्छ । शेयर मुल्य कसरी बढाएका छन् भनेर ।

२०७३ साउन १२ गते राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य ७ हजार ७४५ रुपैयाँ थियो । २०७७ बैशाख ३० गते ८ हजार ९०० रुपैयाँमा कम्पनीको सेयर कारोबार भएको थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर २२ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस १३५, पीई रेसियो १६६.२३ र खुद मूल्य १ हजार २६३.३८ रुपैयाँ पुगेको भेटिएको छ । यता २०७८ जेठ ३१ गते सानिमा जेनरल इन्स्योरेन्सको सेयर मूल्य ८२३ रुपैयाँ छ । कम्पनीको ईपीएस ७.८, पीई रेसियो १०५.५१ र खुद मूल्य ११७.०६ रुपैयाँ छ । भन्दा फरक पर्दैन ।

२०७३ साउन १२ गते यूनाइटेड इन्स्योरेन्स सेयर मूल्य १ हजार २८५ रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य २९८ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर प्रतिकित्ता ८३० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस ५.१३, पीई रेसियो १६१.७९ र खुद मूल्य १४४.०१ रुपैयाँ पुगेको देखिन्छ । यसबाटै पुष्टी हुन्छ । शेयर मुल्य कसरी बढाएका छन् भनेर ।

अर्को समस्याग्रस्त भइ कारोबार बन्द भइ पुनः सञ्चालनमा आएको छोटो समयमै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि चलखेल भएको बोर्डको आशंका छ । उक्त बैंकको २०७३ साउनदेखि २०७७ साल वैशाख महिनासम्म सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ थियो । तर एक वर्षको अवधिमा २०७८ जेठ ३१ गतेसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ पुगकेो छ । यसलाई बसरी लिने हो हेक्का होस् ।

विकास बैंककम पनि यस्तै
पटक÷पटक कारवाहीमा परेका कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १२९ रुपैयाँ थियो । जबकी २०७७ वैशाख ३० गतेसम्म पुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११४ रुपैयाँ रहेकोमा २०७८ साल जेठ ३१ गतेसम्म आइपुग्दा कम्पनीको सेयर मूल्यमा भारी उछाल आए प्रतिकित्ता ७३२ रुपैयाँ पुगेको छ । उक्त बैंकको इपीएस ५.०३ छ भने पीई रेसियो १४५.५३ छ साथै नेटवर्थ १५२.०८ रुपैयाँ देखिन्छ ।

अर्को समस्याग्रस्त भइ कारोबार बन्द भइ पुनः सञ्चालनमा आएको छोटो समयमै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि चलखेल भएको बोर्डको आशंका छ । उक्त बैंकको २०७३ साउनदेखि २०७७ साल वैशाख महिनासम्म सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ थियो । तर एक वर्षको अवधिमा २०७८ जेठ ३१ गतेसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ पुगकेो छ । यसलाई बसरी लिने हो हेक्का होस् ।

फाइनान्स पनि माइक्रोफाइनान्समा पनि उस्तै
सेयर मूल्यमा ठूलो चलखेल हुँदै आएको आंशकामा गोर्खाज फाइनान्स, मल्टिप्रपोज फाइनानस, नेपाल फाइनान्स र समृद्धि फाइनान्स छन् । त्यसैगरी घोगीघोडा लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि चलखेल भएको नेपा धितोपत्र बोर्डले भेटिएको छ भन्दा फरक पर्दैन ।

यी त उदाहरण मात्रै हुन् । यस्ता दर्जनौ कम्पनी भित्र शेयर माफियाहरुको चलखेल हुने गरेको छ भन्दा फरक पर्दैन । यी बाहेक विशाल बजार र साल्टट्रेडिङ्ग कर्पोरेसन, निफ्रा, सीआइटी, एनआईसी एशिया, चन्द्रागिरी, हिमालयन डिष्ट्रीलरी र शिवम सिमेन्टको शेयर मुल्यमा चर्को चलखेल भएको नेपाल धितोपत्र बोर्ड उच्च स्रोतको दाबी छ । सचेत भया ।

24240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका