जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नबिल इन्भेष्टमेन्ट बैंकिंग को “आजिवन डिम्याट खाता” २०२२ अफर

नबिल इन्भेष्टमेन्ट बैंकिंग को “आजिवन डिम्याट खाता” २०२२ अफर

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले (NabilInvestmentBan)अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा “आजिवन डिम्याट खाता” २०२२ अफर ल्याएकाे छ ।कम्पनीले आजिवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि दुई हजार २२ रुपैयाँमा जिवनभर नबिकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको छ ।

याे याेजना जनवरी ०१, २०२२ देखि वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि रहेकाे छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफ्ना हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाहरुलाई आफ्नो डिम्याट खाता नबिकरण गराउन विभिन्न संस्थाहरुमा धाउनु पर्ने झन्झटबाट मुक्त गराउने उद्धेश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना पौष २६, २०७७ देखि लागु गरेकाे थियाे । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गरेका थिए । तर याे नयाँ वर्ष २०२२ बाट ९७८ रूपैयाँ छुट सहित दुई हजार २२ रुपैयाँमा आजिवन नबिकरण गर्न मिल्ने नयाँ याेजना कम्पनीले सावर्जनिक गरेकाे हाे ।

यसका साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ ।

यसैगरी नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भै फाईदा लिने कम्पनीले आशा गरेकाे छ।

4155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?