बैंकिङ्ग
कामना सेवाद्वारा नेपालमै पहिलो पटक मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
0 टिप्पणी


नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही पौष २४ गते , वडा नं ५ का वडा अध्यक्ष शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानिय महानुभावहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।