जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंक र वित्तिय संस्थाहरुका शौचालय पब्लिक बनाउने होडवाजीः तर, सर्वसाधारण जनताको छैन ती शौचालय छिर्ने पहुँच ?

बैंक र वित्तिय संस्थाहरुका शौचालय पब्लिक बनाउने होडवाजीः तर, सर्वसाधारण जनताको छैन ती शौचालय छिर्ने पहुँच ?

नेपालमा एउटै कुराको कमी छ त्यो हो सम्झौता गर्ने तर, कार्यन्वयन नगर्ने यस्तै यस्तै भएको छ बैंक र वित्तिय संस्थाहरुको सार्वजनिक शौचालय सम्झौता भन्दा अब फरक पर्दैन । चर्चा र सेलिबे्रटी बन्ने होडमा वाणिज्य बैंक र वित्तिय संस्थाका सीइओहरुको निर्णयले चर्चा त पायो होला तर, सम्झौता कार्यन्वयन भने भएको देखिदैन हेक्का होस् । पछिल्लो समय बैंक र वित्तिय संस्थाका सुविधा सम्पन्न शौचालन सार्वजनिक गर्ने होडवाजी बैंकका सीइओहरुको छ भन्दा फरक पर्दैन । तर, सर्वसाधारण जनताहरुको पहुँच ती शौचालयसम्म पुगेको देखिदैन । कारण के हो खोजीको विषय बनेको छ ।

नबिल बैंक लिमिटेडका सीइओ अनिल केशरी शाहले जाँदा जाँदै बैंकका शौचालयलाई सार्वजनिक गराएर चर्चा कमाए तर ती शौचालयमा सर्वसाधारणलाई जान त्यस बैंकका गार्डहरुले नै नदिएको भेटिएको छ हेक्का होस् ।
भनिन्छ बैंक भित्र पस्दा सबै कुरा लेख्नु पर्ने माक्स अनिवार्य लगाउनु पर्ने कोरोनाको ज्वरो नाप गर्नुपर्ने भएपछि पिसाब, दिशा गर्न जाने हो भन्दा गार्डहरुले नै नदिएको भेटिएको छ । अनिल केशरी शाहज्यू तपाई कहाँ हुनुहुन्छ । सम्झौता गर्ने चर्चा कमाउने तर, सेवा नदिने यो कस्तो सेवा हो ? यसको उत्तर अब कसले दिने ?

काठमाडौं महानगरपालिकाको जेठ १६ गते बसेको कार्यपालिका बैठकले सर्वसाधरणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरका व्यावसायिक कम्पनी तथा संस्थानसँग सम्झौता गर्ने निर्णय गरेको भेटिएको देखिन्छ । काठमाडौं महानगरभित्रका बैंक, होटल, रेष्टुरेन्ट, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थाको शौचालयलाई सार्वजनिक बनाउन’ सार्वजनिक आह्वान समेत गरेको देखिन्छ ।

कथा मिठो छ यो पनि हेरौ ?
काठमाडौं महानगरपालिकाले बैंक र वित्तिय संस्थाका शौचालयलाई समेत सार्वजनिक बनाउने अभियान शुरु गरेको छ । भन्दा अब फरक पर्दैन । मेयर बालेन्द्र शाहले काठमाडौंका बैंक, होटल रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक गर्ने घोषणा गरेसँगै महानगरले सहकार्यको लागि सूचना जारी गरेरै यो अभियानमा लागेको देखिन्छ । काठमाडौं महानगरपालिकाको जेठ १६ गते बसेको कार्यपालिका बैठकले सर्वसाधरणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरका व्यावसायिक कम्पनी तथा संस्थानसँग सम्झौता गर्ने निर्णय गरेको भेटिएको देखिन्छ ।
काठमाडौं महानगरभित्रका बैंक, होटल, रेष्टुरेन्ट, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थाको शौचालयलाई सार्वजनिक बनाउन’ सार्वजनिक आह्वान समेत गरेको देखिन्छ । महानगरले इच्छुक सरोकारवाला व्यक्ति तथा निकायले सूचना प्रकाशित भएको ७ दिनभित्र सार्वजनिक निजी साझेदारी एकाइ बबरमहलमा सम्पर्क गर्न अनुरोध गरेको देखिन्छ । सोही बमोजिम विभिन्न बैंक र वित्तिय संस्थाहरुले समेत काठमाडौं महानगरको अभियानमा साथ दिँदै आफ्ना शौचालयलाई पब्लिक शौचालय बनाउन थालेको भेटिएको छ ।

शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गरेको देखिन्छ । तर, नबिल बैंकको शौचालन प्रयोग गर्न सर्वसाधारण जनतालाई फलामको चिउरा सरह देखिन्छ । भन्दा फरक पर्दैन ।

काठमाडौं महानगरपालिकाको अभियानलाई साथदिँदै पहिलो पटक नबिल बैंकले काठमाडौंका आफ्ना १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको भेटिएको छ । काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउन सहमति समेत भएको छ । सोही अनुसार अहिले नबिलका बैंकका शौचालय सार्वजनिक शौचालयका रुपमा परिणत त भएका छन् । तर, सर्वसाधारण गरिब र निरिह जनताको पहुँच बाहिर छन् भन्दा फरक पर्दैन । यो कस्तो सम्झौत हो गर्भनर साब ? बैंकको केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन् । शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गरेको देखिन्छ । तर, नबिल बैंकको शौचालन प्रयोग गर्न सर्वसाधारण जनतालाई फलामको चिउरा सरह देखिन्छ । भन्दा फरक पर्दैन । हेक्का होस् ।

काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेको भेटिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने भएको छ । काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेको भेटिएको छ । सोही अनुरुप काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने निर्णय गरेको देखिन्छ ।

केन्द्रीय कार्यालय बिहान ९ः३० वजे देखि ५ बजे सम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सकिने बैंकले जनाएको छ । अर्को सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडौँस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउन शुरु गरेको देखिन्छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाडौं महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट निधि न्यौपानेले हस्ताक्षर गर्नुभएको देखिन्छ छ । डेभलपमेन्ट बैंक र महानगरपालिकाबीच भएको सम्झौता अनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्ने सक्नेछन् ।

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको प्रयासमा सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय बिहान ९ः३० वजे देखि ५ बजे सम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सकिने बैंकले जनाएको छ । अर्को सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडौँस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउन शुरु गरेको देखिन्छ । तर, उसका यी शौचालय सर्वसाधारणको पहुँच भन्दा टाढा छन् भन्दा फरक पर्दैन । यो ४ तल्लामा छ हेक्का होस् ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको थियो । काठमाडौं महानगरपालिकाका अनुसार हालसम्म कामना सेवा विकास बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर लगायतका बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने सम्झौता गरिसकेका छन् ।

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो । सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यवद्धता जनाउँदै आफ्नो प्रमुख कार्यलयको भुइतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको थियो ।

काठमाडौं महानगरपालिकाका अनुसार हालसम्म कामना सेवा विकास बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर लगायतका बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने सम्झौता गरिसकेका छन् । यस बाहेक अन्य संघसंस्थाहरु पनि काठमाडौं महानगरको अभियानमा सहभागी बनेको देखिन्छ । यी सबै संस्थाका शौचालय कति सर्वसाधारणको पहुँचमा छन् यसको खोजी हामीले शुरु गरेका छौं हेक्का होस् ।

बैंक कति सुरक्षित ?
उसो त काठमाडौं उपत्यकाकै बैंकवित्तमा विगतमा पनि चोरी, एटिएम तोडफोड लगायतका घटनाहरु नघटेको भने होइन् । बैंकवित्त जस्तो सुरक्षाका दृष्ट्रिकोणले संवदेनशिल क्षेत्रका शौचालयलाई सार्वजनिक गरिनु सुरक्षाको दृष्टिले पनि जोखिमपूर्ण रहेको कतिपयको तर्क छ । यो विषयलाई बैंकिङ सुरक्षाको दृष्टिकोणले कति सुरक्षित छ यो अर्को पक्ष हो ।

बैंकमा सुरक्षकर्मी पनि हुने भएकाले सुरक्षा चुनौती नथपिने उनीको दाबी छ । ‘महानगर र बैंकहरुबीचको सम्झौतामा राष्ट्र बैंकको कुनै भूमिका छैन, भोलिका दिनमा कुनै समस्या देखा परेमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने अवस्था आउन सक्ला’ प्रवक्ता भट्टले थपे ।

राष्ट्र बैंकको दाबी ?
नेपाल राष्ट्र बैंकले बैंकका प्रवक्ता डा. गुणाकर भट्ट शौचालय आम नागरिकले प्रयोग गर्दा सुरक्षा चुनौति नबढ्ने बताए । बैंकमा सुरक्षकर्मी पनि हुने भएकाले सुरक्षा चुनौती नथपिने उनीको दाबी छ । ‘महानगर र बैंकहरुबीचको सम्झौतामा राष्ट्र बैंकको कुनै भूमिका छैन, भोलिका दिनमा कुनै समस्या देखा परेमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने अवस्था आउन सक्ला’ प्रवक्ता भट्टले थपे । जे भएपनि बैंक र वित्तिय संस्थाका शौचालय सार्वजनिक बनाउनु राम्रो पक्ष हो तर, सर्वसाधारण जनताको पहुँच नहुनु चाहि दुःखद पक्ष मात्रै होइन नालायकीपनको पराकाष्ट हो भन्दा अब फरक पर्दैन । सम्झौता गर्ने मात्रै होइन सीइओ साबज्यू, सम्झौता कार्यन्वयन गर्न पनि सिक्नुहोस् । सचेत भया ।

 

4825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?