नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।
यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो । फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकि रहेको रु.३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुनेछ ।
फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले यती एयरलाइन्सको एप डाउनलोड गरी रजिष्टर गर्नुपर्नेछ र इचष्नष्ल, म्भकतष्लबतष्यल, म्भउबचतगचभ मबतभ, ल्बतष्यलबष्तिथ, र ल्गmदभच या बमगतिक÷अजष्मिचभल खोजि छनौट गरी, आफुलाई चाहिने टिकट छनौट गरेर “ऋयलतष्लगभ” मा ट्याप गर्ने त्यसपछि सम्पूर्ण विवरण भर्नुहोस् र “ल्भहत” मा ट्याप गरी प्जबतिष् छनौट गरी भुक्तानी गर्नु पर्नेछ । यो सम्पूर्ण प्रक्रिया पुरा गरी फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन् ।
यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंग र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौं ।”
त्यसैगरी, यति एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भने, “हामी खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्ताहरूलाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्शाहित छौं ।”