जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जनरल इन्स्योरेन्सको खुद नाफा ६१% ले बढ्यो

जनरल इन्स्योरेन्सको खुद नाफा ६१% ले बढ्यो

जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद नाफा ६१.२५ प्रतिशतले बढाएको छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, कम्पनीको खुद बीमाशुल्क संकलनमा भने गिरावट आएको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन रकम २५.२७ प्रतिशतले घटेर ७ करोड २८ लाख रुपैयाँमा सिमित हुन पुगेको देखिएको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खदु बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको पुनर्बीमा कमिशन आय, लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी बढेका कारणले नाफामा टेवा पुगेको हो ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा पुनर्बीमा कमिसन आयबाट ४ करोड ६६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत आवको यसै अधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट २ करोड ४७ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको अभिकर्ता कमिसनमा समेत गत आवको यसै अवधिको तुलनामा कम रकम खर्च गरेको छ ।

यस अवधिमा कम्पनीले अभिकर्ताका लागि ५९ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३५ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५.३४ रुपैयाँ छ । कम्पनीको बीमा कोषको आकार १२ करोड ८ लाख ५ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा यसको बीमा कोषको आकार ६ करोड २९ लाख रुपैयाँ थियो ।

कम्पनीले ३ सय ४६ वटा दाबीवापत ५ करोड ३१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।

3960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?