जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • ज्योति लाइफको खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले बढ्यो

ज्योति लाइफको खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले बढ्यो

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन १७.६९ प्रतिशत बृद्धि गर्न सफल भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने १८.६२ प्रतिशत बढाएको छ ।

कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ६४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै कुल बीमा शुल्क आर्जन भने एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको मुनाफा पनि २४.२२ प्रतिशतले बृद्धि भएको छ । पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड ७८ लाख रुपैयाँ थियो । उक्त नाफामा जीवन बीमा कोष मार्फत आर्जन भएको आम्दानीलाई उल्लेख नगरिने भएकाले जीवन बीमा कम्पनीको नाफा कम देखिने गरेको छ । जीवन बीमा कोष मार्फत आर्जन भएको मुनाफा एक्चुअरी प्रतिवेदन पछि मात्रै छुट्टाइन्छ । यहि नाफाका आधारमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७२ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोष ७६.३० प्रतिशतले बढाउन सफल भएको छ । पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा २ अर्ब ९१ करोड रुपैयाँ थियो ।

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका