जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर


मेट लाइफको नाफा घट्यो

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३.४४ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले २ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३६.४१ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा कम्पनीले १६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको पुसमसान्तसम्ममा पुनर्बीमा कमिशनबाट ६ करोड १८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ७७ करोड ६२ लाख रुपैयाँ र बीमाले धितोमा कर्जाबाट ६ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता ममिशन खर्च शिर्षकमा २४ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा १९ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

पुसमसान्तसम्ममा कम्पनीले ४ हजार ८ सय ७ वटा बीमा दावीवापत दुई अर्ब २४ करोड ४५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भने एक हजार एक सय २३ बीमा दावीवापत ८१ करोड ३१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

3735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका