जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सनराइज बैंकले श्वेता श्री फाउंडेशनलाई आर्थिक सहयोग

सनराइज बैंकले श्वेता श्री फाउंडेशनलाई आर्थिक सहयोग

सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउंडेशनलाई रु ५ लाख सहयोग गरेको छ । जारी विज्ञप्तिमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको हो ।

शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्नु हुदैं फाउंडेशनले गरेको कामको प्रशंसा गर्नुभयो । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाउनु भएको छ । यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाउनुभयो ।
सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

8375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका