जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सामाजिक सञ्जालमा ६ अर्ब बढीको विज्ञापन

सामाजिक सञ्जालमा ६ अर्ब बढीको विज्ञापन

नेपालबाट विभिन्न सामाजिक सञ्जालमा अनधिकृत रुपमा गरिएको विज्ञापन रोक्न विज्ञापन संघले माग गरेको छ । शुक्रबार संघले आफ्नो २२ औं वार्षिक साधरण सभामा यस्तो माग गरेको हो।

संघका अध्यक्ष सोमप्रसाद धितालले सामाजिक संजालमार्फत करिब ६ अर्बका विज्ञापन भइरहेको समेत उनले बताए । उनले भने, ‘विज्ञापन हुँदा मूलधारका संचारमाध्यम संकटमा परेको बताउँदै त्यसरी विज्ञापन हुँदा राज्यले समेत राजस्व गुमाएको छ।’

सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याएर विज्ञापन बजारलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए । धितालले नेपालका हाल १४ अर्ब रुपैयाँ बराबरको विज्ञापनको बजार रहेको र क्लिनफिड पूर्ण रुपमा लागू नहुँदा विज्ञापन क्षेत्र अझै पनि समस्यामा परेको बताए ।

धितालले कोभिडका कारण विज्ञापनको बजार खुम्चिएको बताउँदै चालु आर्थिक वर्षमा १६ अर्ब हुने अपेक्षा गरेको बताए। संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको असहज अवस्थामा पनि विज्ञापन बजार राम्रै रहेको बताए। उनले विज्ञापन बजारलाई प्रोत्साहित, व्यवस्थित, मर्यादित, प्रभावकारी बनाउन मन्त्रालयले सहयोग गर्ने बताए।

संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले सामाजिक संजाल र मूलधारका संचारमाध्यमलाई छुट्याउन आवश्यक रहेको धारण राखेका थिए। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन बजारलाई असर गर्ने कुनै पनि काम नगरेको बताएका थिए ।

ुउनले भने, सामाजिक सन्जालमा हुँदै आएको विज्ञापनबाट ६ अर्ब रुपैयाँ गुमाउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको छ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक संजालका कारण विज्ञापनको बजारमा असर गरेको बताए।

3750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?