जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • लुम्बिनी विकास बैंकको एक अर्ब बराबरको ऋणपत्र निष्काशनमा

लुम्बिनी विकास बैंकको एक अर्ब बराबरको ऋणपत्र निष्काशनमा

लुम्बिनी विकास बैंक लिमिटेडले आजदेखि रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको छ । बैंकले ११ प्रतिशत ब्याजदर रहेको प्रति ऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको यो ऋणपत्र ‘११ % एलबिबिएल डिबेञ्चर २०८९’ नामको रहेको छ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि बैशाख १० गते अनुमति दिएको थियो । कुल कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट विभिन्न संगठित संघ संस्थाहरुलाई बिक्री गर्नेछ भने ४ लाख कित्ता सर्वसाधारणमा (सामूहिक लगानी कोष समेतका लागि) वितरण गर्नेछ । बैंकले २० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।

यो ऋणपत्र खरीदका लागि विक्री अवधि छिटोमा जेठ १९ गतेसम्मका लागि तोकिएको छ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ३० गतेसम्म विक्री लम्बिनेछ । ऋणपत्र खरीदका लागि आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।

690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका