

महालक्ष्मी विकास बैंकका ग्राहकले हेभन्ली स्पाको सेवा लिँदा छुट पाउने भएका छन् । यसका लागि आज बैंक र कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्ने ग्राहकले कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गरेवापत छुट पाउनेछन् ।
बैंकले हाल विभिन्न प्रदेशमा गरी १०३ वटा शाखा कार्यालयमार्फत् ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।