जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नाफा ७६.९७ प्रतिशतले बढ्यो

महालक्ष्मी विकास बैंकको नाफा ७६.९७ प्रतिशतले बढ्यो

महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा नाफा ७६.९७ प्रतिशतले बढेको छ ।

वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ४० करोड ३६ लाख ५ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

त्यस्तै, बैंकले तेस्रो त्रैमासिकमा मात्रै २५ करोड ७९ लाख ९२ हजार नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ६७ लाख ३३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा ३५४.७४ प्रतिशतले बढी नाफा हो ।

बैंकले तेस्रो त्रैमासिकसम्ममा ३८ अर्ब ८ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिका बैंकले ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, बैंकले तेस्रो त्रैमासिकसम्ममा ४१ अर्ब ७७ करोड ९५ लाख ९० हजार निक्षेप संकलन गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकको चैत मसान्तसम्ममा पुँजी अनुपात कोष घटेको छ । समीक्षा अवधिमा पूँजी अनुपात कोष १२.४६ प्रतिशत छ भने गत वर्षको सोही अवधिमा १३.०३ प्रतिशत थियो ।

बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकको खराब कर्जा ४.४४ प्रतिशत थियो भने यो वर्षको सोही अवधिमा २.८९ प्रतिशत रहेको छ ।

त्यसैगरी, बैंकको लागत बढेको छ । गत वर्ष ५.६१ प्रतिशत रहेको लागत यो वर्ष ८.२० प्रतिशत पुगेको छ ।

बैंकको सिडी रेसियो भने घटेको छ । चालु आवको तेस्रो त्रैमासिकसम्ममा कम्पनीको सिडी रेसियो ८९.९८ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको सिडी रेसियो ९१.९८ प्रतिशत थियो ।

3365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका