जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आइएमई जनरलको खुद बीमा शुल्क १८ प्रतिशतले बढ्यो

आइएमई जनरलको खुद बीमा शुल्क १८ प्रतिशतले बढ्यो

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको छ ।

१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २९ करोड ३० लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष ५७ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ४६ करोड ४६ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ५ करोड ३ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क १८ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीले ४४ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ५० रुपैयाँ ७६ पैसा रहेको छ ।

 

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?