जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सका सेयरधनीलाई ६.३१% लाभांश प्रस्ताव

एभरेष्ट इन्स्योरेन्सका सेयरधनीलाई ६.३१% लाभांश प्रस्ताव

एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश गत आर्थिक वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्षका लागि भने ६.३१५८ प्रतिशत लाभांश मात्र प्रस्ताव गरेको छ। यसअघि आर्थिक वर्ष २०७६/७७ मा ८.४२ प्रतिशत लाभांश दिएको थियो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांशस्वरूप सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ। इन्स्योरेन्सको मंगलबार भएको सञ्चालक समितिको १२१ औ बैठकले उक्त निर्णय गरेको हो। 

प्रस्तावित लाभांश नियामक बीमा समिति र आगामी साधारण सभाबाट स्वीकृत भए पश्चात सेयरधनीहरुले प्राप्त गर्ने  इन्स्योरेन्सले जनाएको छ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १८ लाख ३६ हजार ४ हजार ४ सय रुपैयाँ छ। ६ प्रतिशत बोनस वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड ४६ लाख २० हजार ६६३ रुपैयाँ पुग्नेछ।

5520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका