जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफा १८ प्रतिशतले बृद्धि पहिलो नबिल, दोस्रो ग्लोबल आईएमई, तेस्रो एनआईसीएशिया चौथो राष्ट्रिय वाणिज्य बैंक र पाँचौ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड

वाणिज्य बैंकहरुको नाफा १८ प्रतिशतले बृद्धि पहिलो नबिल, दोस्रो ग्लोबल आईएमई, तेस्रो एनआईसीएशिया चौथो राष्ट्रिय वाणिज्य बैंक र पाँचौ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड

नेपालका २१ वाणिज्य बैंकहरुले चरम तलरता अभाव र आर्थिक मन्दीका बीच पनि नाफामा छलाङ्ग नै मारेका छन् भन्दा अब फरक पर्दैन । १० महिनामा २१ वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड भन्दा बढि नाफा कमाएको भेटिएको छ । सबै भन्दा बढि नाफा कमाउने बैंकमा दक्ष र अनुभवी सीइओ ज्ञानेन्द्र ढुंगाना भएको नबिल बैंक पहिलो भएको छ भने पूराना बैंक रत्नराज्य बज्राचार्य सीइओ रहेको ग्लोबल आईएमई बैंक दोस्रो भएको छ । त्यस्तै तेस्रोमा युवा बैंकर रोशन कुमार न्यौपाने सीइओ रहेको एनआईसी एशिया बैंक देखिएको छ । चौथो सरकारी स्वामित्व रहेको एवं अनुभवी बैंकर किरण कुमार श्रेष्ठ सीइओ रहेको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । त्यस्तै पाँचौमा अनुभवी बैंकर ज्योती प्रकाश पाण्डे सीइओ रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १० महिनामा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड नाफा कमाएका छन् । यो चैतसम्मको तुलनामा १७.३७ प्रतिशतले बढी हो । चैतसम्ममा बैंकहरूको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो । वैशाखमा मात्रै बैंकहरूको नाफा आठ अर्ब ४६ करोडले बढेको हो । चैतमा नाफा ०.२६ प्रतिशतले घटेको थियो । १० महिनामा बैंकहरूले पाँच खर्ब १० अर्ब आम्दानी गरेका छन् । जसमा ब्याज आम्दानी मात्रै चार खर्ब ६२ अर्ब पुगेको देखिन्छ । यो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको भेटिएको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । वैशाख महिनासम्ममा ८ वटा बैंकको नाफा २ अर्ब माथी रहेको छ । २ अर्ब भन्दा कम नाफा हुनेमा ८ वटा बैंक रहेका छन् । सबै थोरै नाफा कृषि विकास बैंकको १ अर्ब २२ करोड २६ लाख रुपैयाँ रहेको छ ।

कसको अति नाफा ?

 

1490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका