जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विकास बैंकहरुले पनि बढाए ब्याजदर

विकास बैंकहरुले पनि बढाए ब्याजदर

विकास बैंकहरुले ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै साउन १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुको छाता संगठनले नेपाल बैंकर्स संघले भद्र सहमति खारेज गर्दै आफ्नो आवश्यकता अनुसार बैंकलाई ब्याजदर निर्धारण गर्न स्वतन्त्र छाडेको थियो ।

बैंकहरुले ब्याजदर घटाउने आँकलन गर्दै संघले भद्र सहमति खारेज गरेको थियो । तर, केही बैंकले साउनको ब्याजदर घटाएका थिए भने केही बैंकले बढाएका थिए । भदौमा लागू हुने ब्याजदरमा धेरै बैंकले ब्याजदर बढाएका छन् । त्यसको प्रभाव विकास बैंकहरुमा पनि परेको छ ।

साउनको ब्याजदरमा संयमित हुँदै ब्याजदर केही घटाउने भद्र सहमति गरेको डेभलपमेन्ट बैंकर्स एशोसिएशनले भदौ १ गतेदेखि लागू हुने ब्याजदर भने बढाएको छ।

असारमा विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.६० प्रतिशत ब्याज दिएका थिए । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र दोहोरो अंकको ब्याजदरका कारण कर्जाको माग नभएको अवस्थामा बैंकहरुले ब्याजदर बढाएर लागत मात्रै बढाएको सीइओहरुले बताएका छन् ।

विकास बैंकहरुले भदौ महिनामा एक वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेमा अधिकतम ११.१५ प्रतिशत, एक वर्षभन्दा कमकोमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिनेछन् ।

त्यस्तै, एक वर्षभन्दा बढीको संस्थागत मुद्दति निक्षेपमा अधिकतम ९.१५ प्रतिशत र एक वर्षभन्दा कमकोमा ९.०५ प्रतिशत ब्याजद निर्धारण गरेका छन् । त्यस्तै, बचतमा न्यूनतम ६.१५ प्रतिशत ब्याजदर दिनेछन् । क्षेत्रियस्तरका विकास बैंकहरुले भने यसमा ०.२५ प्रतिशत बढी ब्याजदर दिन सक्नेछन् ।

 

820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका