जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल घुससहित नियन्त्रणमा

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल घुससहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले बिहिबार पौडेललाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

3665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका