जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल घुससहित नियन्त्रणमा

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल घुससहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले बिहिबार पौडेललाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

1160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?