जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ५ वर्षमा नेपालको ऋण दोब्बर

५ वर्षमा नेपालको ऋण दोब्बर

नेपालको सार्वजनिक ऋण दोब्बरले बढेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ मा ९ खर्ब १६ अर्ब रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०७८/७९ को अन्तिममा आइपुग्दा २० खर्ब ११ अर्ब ५८ करोड पुगेको हो ।
नेपाल राष्ट्र बैंकको २०७८/७९ को वार्षिक तथ्यांक अनुसार गत आवसम्म आइपुग्दा नेपालको आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ । वैदेशिक ऋण भने १० खर्ब २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको तुलनामा ४१.५ प्रतिशत पुगिसकेको छ । यसमध्ये वैदेशिक ऋणको हिस्सा मात्र जीडीपीको २१.२ प्रतिशत पुगेको छ ।

तथ्यांक अनुसार सार्वजनिक ऋणको वृद्धिदर आव २०७४/७५ पछि ह्वात्तै बढेको हो । आव २०७३/७४ मा मात्र ६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋणमा आव २०७४/७५ मा ३१.३ प्रतिशतको वृद्धि भई ९ खर्ब १६ अर्ब रुपैयाँ पुगेको हो ।

तथ्यांक अनुसार सो आवपछि क्रमशः १४.३, ३६.२, २१.५ र १६ प्रतिशतले सार्वजनिक ऋण बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्र नेपालले २ खर्ब ३८ अर्ब रुपैयाँ प्राप्ति गर्ने गरी सम्झौता गरेको थियो ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका