जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना

कामना सेवा विकास बैंकद्वारा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना

कामना सेवा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदयित्व अन्तर्गत नारी दिवसको अवसरमा पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासी जिल्लाको सुनवल–१ स्थित सुनवल माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरमा महिला समूहलाई लक्षित गरी बृहत कार्यक्रम आयोजन गरी प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराउनुका साथै निःशुल्क सनेटरी प्याड वितरण गरेको छ ।

यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक व्यक्तिको हुने हुँदा महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसँग सम्बन्धित विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ ।

प्रजनन स्वास्थ्य सम्बन्धी उचित शिक्षाको अभाव साथै महिनावारीमा प्याडको उचित प्रयोग गर्न नजान्दा किशोरीहरुमा स्वास्थ्य समस्याहरु बल्झिने गरेको हुँदा सोको जागरूकताको लागि यो कार्यक्रम आयोजन गरिएको थियो ।

6155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?