जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नयाँ नोट सुरक्षित राख्ने तरिका

नयाँ नोट सुरक्षित राख्ने तरिका

दशैंमा नयाँ लुगा, किनमेल र परिवारसँगको सामिप्यतासँगै जोडिन्छन्, नयाँ नोट र दक्षिणा पनि । नेपाल राष्ट्र बैंकले हरेक दशैंको अवसरमा नयाँ नोटहरु बजारमा ल्याउँछ । तर, दशैंका बेला नयाँ नोटमा रंग लगाउने तथा पैसा बोक्दा समेत कुच्याएर गोजीमा हाल्ने प्रबृत्ति धेरै रहेको राष्ट्र बैंकको ठम्याई छ ।

नेपाल राष्ट्र बैंकले नयाँ नोटको सदुपयोग गर्न तथा पूजाआजामा नोट परिचालन नगर्न भन्दै आएको छ । दशैंको टिकामा नयाँ नोट प्रयोग गरेर अविर लगाउने र नयाँ नोट पुरानो बनाउने पद्धतिलाई अन्त गर्न भन्दै राष्ट्र बैंकले पुजाआजामा नयाँ नोट प्रयोग नगर्न भनेको हो ।

यी हुन् नयाँ नोट सुरक्षित राख्ने तरिका 
–नोट राष्ट्रको सम्पति हो, यसको हिफाजात गरौँ ।
–नोटको जतन गर्न मनी ब्यागको प्रयोग गर्ने बानी बसालौँ ।
–नोटको जथाभावी केरमेट नगरौँ ।
–आफ्नो कारोबार नोट प्रयोग गर्नुभन्दा डिजिटल बैंकिङ प्रयोग गरौँ । भुक्तानीमा कार्ड वा वालेटको प्रयोग गरौँ ।
–सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।
–चाडपर्व तथा अन्य समयमा पूजाआजा गर्दा वा कुनै काम गर्दा मैलिएका हातहरुले नोट नछोऔँ ।
–टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रोे हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्यलाईृ निरुत्साहित गरौँ ।
–नोटलाई मठ–मन्दिर वा पूजापाठ आदी धार्मिक कार्यमा प्रयोग गर्दा नोटको रंग, अविर, पानी, दूध, रगत आदी नपारौँ । बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ ।
– कारोबारको क्रममा संकास्पद नोटहरु पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौँ वा जानकारी दिऔँ ।

2400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?