जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु लाइफका सिइओ नारायण प्रसाद पौडेलको राजिनामा स्वीकृत

प्रभु लाइफका सिइओ नारायण प्रसाद पौडेलको राजिनामा स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजिनामा दिएका छन् । पौडेलले २०७९ बैशाख एक गतेदेखि लागु हुने गरी राजिनामा दिएका थिए । उनले दिएको राजिनामा फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

पौडेल अव चैत मसान्तसम्म रहने छन् । पौडेल २०७६ जेठदेखि प्रभु लाइफको सिइओ पदमा छन् । उनि नेपाल राष्ट्र बैंकबाट अवकास भएको डेढ महिना  पछि  प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनकै कार्यकालमा प्रभु लाइफले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ ।

उनले राजिनामा दिए सँगै कम्पनीले बीमा विज्ञका रुपमा चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई सल्लाहकारमा नियुक्ति गरिसकेको छ । बीमा समितिले केहि दिन अगाडी प्रसाइको नियुक्तिलाई अनुमति समेत दिइसकेको छ । कुलिङ पिरियडका कारण प्रसाई तत्काल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन पाउदैनन् । कुलिङ पिरियड सकिने वित्तीकै उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी अहिले विज्ञको रुपमा नियुक्त गरिएको हो । नियामक निकाय बीमा समितिकै स्वीकृति र अनुमतिमा प्रसाई नियुक्त भएका हुन् ।

4580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका