जोडिनुहोस
बिहिबार, साउन २२, २०७७
बिहिबार, साउन २२, २०७७
  • होमपेज
  • एभरेष्ट र प्राइम बैंकको करोडौं डुब्योः नेपालको बैकिङ्ग इतिहासकै सबै भन्दा ठुलो घोटला

एभरेष्ट र प्राइम बैंकको करोडौं डुब्योः नेपालको बैकिङ्ग इतिहासकै सबै भन्दा ठुलो घोटला

सुन्दा पनि जीउ सिरिङ्ग हुने हेर्दा त डर लाग्ने बैकिङ्ग घोटला भएको खुलासा भएको छ ।
सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले हालै बैंकर योगेन्द्र श्रेष्ठ बिरुछ बैकिङ्ग बसुरबाट आर्जन गरेका र सम्पत्ती सुद्धिकरण गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको विभागले जनाएको छ ।
उच्च स्रोतकाअनुसार श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसो दोब्ब्र जरिवाना माग दावी गर्दै मुद्दा दायर गरिएको हो ।
श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीहरुबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाझीपूर्वक मिनाहा गर्ने गरेका थिए । उनले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको भेटिएको छ ।

श्रेष्ठले कैलास विकास बैंक(हाल प्राइम बैंक), एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर दुरुपयोग गरेको भेटिएको छ । श्रेष्ठले एभरेष्ट बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम लगेर राख्ने कारण एभरेष्ट बैंक डुब्ने देखिन्छ ।
तत्कालीन फाइनान्स कम्पनीका कार्यकारी अध्यक्ष श्रेष्ठले आफ्नो बैंकमार्फत आकर्षक ब्यादर तोकेर निक्षेप आकषिर्त गर्ने र नक्क्ली ऋणी खडा गरेर रकम आफैंले दुरुपयोग गर्ने गरेको खुलेको छ । कर्जा फारमलगायत आवश्यक फारम नभरी र कागजी प्रक्रिया पुरा नगरी नक्कली ऋण खडा गरी अर्बै लुटेको देखिन्छ । श्रेष्ठ नेपालको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो घोटाला गर्ने बैंकरमध्ये उनी एक देखिएका छन् ।

श्रेष्ठ कार्यकारी अध्यक्ष भएको फाइनान्समा करिब दुई अर्ब घोटाला भएको यसअघि भएको अनुसन्धानले पनि देखाएको थियो । सो फाइनान्सले ८८ जनाको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण श्रेष्ठले दुरुपयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो ।
जनताको यत्रो पैसा घोटला गरि फरार श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेको थियो ।
तर, २०७१को असार १२ गते सर्बोच्चले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो ।
तर, यही अभियोगमा योगेन्द्रका सहयोगीका रुपमा काम गरेको भन्दै राष्ट्र बैंकले मुद्दा दायर गरेका कम्पनीका तत्कालीन महाप्रबन्धक सिद्धार्थमान मास्केलाई भने सर्वोच्चले थुना मुक्त गर्ने आदेश दिएको थिएन ।

श्रेष्ठले फाइनान्समा जम्मा गरेको सर्वसाधारणको निक्षेप आफ्नो व्यक्तिगत खातामा जम्मा गरी रकमको दूरुपयोग गरेको र नक्कली ऋणी खडा गरी कर्जा अपचलनसमेत गरेको राष्ट्र बैंकको दाबी छ । श्रेष्ठले मोटो रकम अपचलन गरेपछि संस्था समस्याग्रस्त बनेको छ र सो संस्थाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्र बैंकले लिएको छ । यो फाइनान्समा करिब ५० करोडभन्दा बढी निक्षेप फसेको देखिन्छ ।

कहाँ के कसरी भयो ठगी धन्दा
तत्कालीन सिद्धार्थ विकास बैंक काण्ड
सिद्धार्थ बैंकबाटै जम्को प्रकाशनका नाममा १३ करोड रुपैयाँ कर्जा प्रवाह भयो । उक्त प्रकाशनको नाममा किशोर ढकालले गौरी खनाल ज्ञवालीको नाममा रहेको रविभवनस्थित कित्ता नम्बर २६४ र २६५ कमसल खालको जग्गा धितो राखी उक्त कर्जा लिएका थिए । तत्कालीन किस्ट बैंक काण्डमा पक्राउ परेका कमल ज्ञवालीकी श्रीमती हुन्, गौरी ।

उक्त रकम गौरीले नै प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । बढीमा ६ करोड रुपैयाँको पर्ने जग्गालाई सिद्धार्थ बैंकका कर्मचारी मधुसुदन सिलवाल र शेखर अर्यालको मिलेमतोमा धितोभन्दा दोब्बर बढी मूल्यांकन गराई उक्त कर्जा लिएको उजुरीपछि सीआईबीले उनीहरूलाई पनि पक्राउ गर्यो ।

नेपाल सेयर मार्केट काण्ड
नेपालको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो घोटाला गर्ने बैंकर हुन्, योगेन्द्र श्रेष्ठ । उनी कार्यकारी अध्यक्ष रहेको नेपाल सेयर मार्केट एन्ड फाइनान्सबाट करिब दुई अर्ब घोटाला भएको थियो । त्यसका मुख्य अभियुक्त रहेका श्रेष्ठले सैनिक कल्याणकारी कोष र नागरिक लगानी कोषको ठूलो रकम डुबाएका देखिन्छ ।
नेपाल सेयर मार्केटबाट ८८ जनाको नाममा एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार एक सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो । त्यसलगत्तै भारत पुगेका उनी उतै लुकेर बस्दै आएका थिए ।

विवादास्पद छविका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ११ असोज ०६८ मा कञ्चनपुर महेन्द्रनगरबाटै सार्वजनिक गरेको थियो । नेपाल सेयर मार्केट एन्ड फाइनान्सबाट कर्जा फारम, तमसुकलगायत आवश्यक फारम नभरी करिब दुई अर्ब रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा सीआईबीले मुद्दा दायर गरेको थियो ।
सर्वसाधारणको निक्षेपसमेत मनोमानी ढंगले आफ्नो खातामा हाल्ने तथा नियमविपरित सेयरधनीलाई कर्जा प्रवाह गरेको आरोपमा सीआईबीले मुद्दा चलाएको थियो ।
उनलाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले १२ असार ०७१ मा आदेश दिएको थियो । नेपाल सेयर मार्केट एन्ड फाइनान्सका सेयर सदस्य र निक्षेपकर्ताको ५० करोड रुपैयाँ अहिलेसम्म उठेको छैन ।

ओरेन्टल सहकारी काण्ड
आठ हजारभन्दा बढी सर्वसाधारणको ६ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेका सुधीर बस्नेतले सञ्चालन गरेका दर्जनभन्दा बढी परियोजना असफल भए । ती परियोजनामा लगानी गरेर आर्थिक रूपमा रुग्ण बनेका कतिपय सर्वसाधारणले आत्महत्यासमेत गर्न पुगे ।
बस्नेतका महत्वाकांक्षी परियोजनाहरूमा सुन्दर सपना सजाएर लगानी गरेका सर्वसाधारण मात्र होइन, समाजका कैयौं चर्चित पात्रलाई पनि उनले डुबाएका छन् ।

चर्चित पत्रकार नारायण श्रेष्ठ, सरकारका पूर्वसचिव घनानाथ ओझा, डाक्टर अमृतेश्वरी राजभण्डारी, सडक विभागका पूर्वइन्जिनियर मोहन भट्टराईलगायत व्यक्ति पनि उक्त काण्डका कारण डुबेका छन् । बस्नेतले सञ्चालन गरेका महत्वाकांक्षी परियोजनाहरू हुन्, ओरेन्टल अपार्टमेन्ट, भेगास सिटी, वागमती अपार्टमेन्ट, कोहिनुर हिल हाउजिङ, इम्पोरियल हाउजिङ ।
बैंक, निर्माण कम्पनी र लगानीकर्ताबीच सम्झौता हुनुपर्नेमा बस्नेतले सीधै लगानीकर्तासँग मात्र सम्झौता गरेका थिए । एउटै जग्गा धेरै जनालाई बिक्री गरेका कारण सेवाग्राहीहरू बढी पीडित भएका हुन् ।
सामान्य पारिवारिक पृष्ठभूमिबाट जग्गा व्यापारी हुँदै अन्धाधुन्द महत्वाकांक्षी परियोजनाहरूमा लगानी गर्न थालेका बस्नेत शक्तिकेन्द्रहरूको नजिक रहेर पक्राउ पर्दै अदालतबाट छुट्दै आएका छन् ।

बुटवल फाइनान्स काण्ड
तत्कालीन बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष देवेन्द्रप्रसाद ध्वजु आफैं कर्जा समितिको संयोजक बनेर ऋणीसँग मिलेमतोमा धितोको अधिक मूल्यांकन गराउँदै २७ करोड २६ लाख ८१ हजार ७७ रुपैयाँ कर्जा प्रवाह गरे ।

ध्वजुले प्रत्यक्ष रूपमा फाइनान्सको साढे ३२ करोड रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ । तीन करोड ३५ लाखमा ध्वजु र एक लाख ५० हजार रुपैयाँ धरौटीमा सरस्वती भण्डारी अदालतको आदेशबाट २ जेठ ०७२ मा रिहा भइसकेका देखिन्छ ।

कृषि विकास बैंक काण्ड
दुई फरक समयमा कृषि विकास बैंकका कर्मचारीबाट ३५ करोड रुपैयाँ हिनामिना भएको उजुरीपछि सीआईबीले दुवै घटनाको सुक्ष्म अनुसन्धान थाल्यो । असोज ०७१ मा कृषि विकास बैंकको स्वयम्भु कार्यालयबाट ३३ करोड ९३ लाख ३९ हजार आठ सय ७२ रुपैयाँ गायब भयो । काल्पनिक नाममा कीर्ते कागज बनाई रेमिट्यान्समार्फत कृषि विकास बैंकका १७ वटा शाखाबाट उक्त रकम निकालिएको अनुसन्धानबाट खुलेको छ ।

कृषि विकास बैंकका सात वटा शाखा तथा अन्य बैंकमा नक्कली ग्राहक बनाई ०७१ असोजदेखि ०७२ असारसम्म उक्त रकम निकालिएको खुलेको छ । आफ्नै कर्मचारीको मिलेमतोमा भएको यति ठूलो हिनामिनाको सुइँको नपाउँदा कृषि विकास बैंकको व्यवस्थापनमाथि प्रश्न उठेको थियो ।
उक्त घोटालाका मुख्य अभियुक्त केदार गौतम, सम्झना पोखरेल, जेनी श्रेष्ठ, गीता पन्त, भरतबहादुर बानियाँ, सुमुन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र रामकुमार गुम्हार पक्राउ परे । उनीहरूमध्ये अधिकांश अदालतको आदेशबाट धरौटीमा रिहा भइसकेका छन् ।

१३ मंसिर ०७४ मा कृषि विकास बैंकमा कार्यरत दीपिका रेग्मी पक्राउ परिन् । सीआईबीको अनुसन्धानमा उनले इलेक्ट्रोनिक क्लियरेन्स चेक (ईसीसी)मार्फत आफन्तको खातामा चार करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ पठाएको खुलेको छ । सीआईबीको अनुसन्धानका क्रममा दीपिकाका सहयोगीहरू प्रकाश घतानी, रमेशकुमार थापा, प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्टा, सलिल रेग्मी र तारानाथ पाण्डे पक्राउ परे । दीपिका पुर्पक्षका लागि थुनामा गए पनि अन्य सात जना भने सामान्य धरौटीमा रिहा भइसकेका छन् ।
जे भए पनि जनताको डिपोजिटको पैसा माथी आँखा लगाउने घोटला गर्नेहरुलाई राज्यले नै सुरक्षा गर्नु चाहि गलत हो । सचेत भया ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका