जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको मूल्य समायोजन, अब कतिमा हुन्छ कारोबार?

एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको मूल्य समायोजन, अब कतिमा हुन्छ कारोबार?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको मूल्य समायोजन गरेको छ। नेप्सेले एनएलजीले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र गरिमा विकास बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो। 

समायोजनपछि एनएलजी इन्स्योरेन्सको मूल्य एक हजार ७९९.०९ रुपैयाँ र गरिमा विकास बैंकको प्रतिकित्ता मूल्य ४८१.०३ रुपैयाँ निर्धारण भएको छ। आइतबार यी कम्पनीको कारोबार सोही मूल्यबाट सुरु हुनेछ ।

नेप्सेले एनएलजी इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य ८७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो। इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको १६औं वार्षिक साधारणसभाबाट लाभांशको प्रस्ताव पारित हुँदै छ।

साधारणसभा प्रयोजनका लागि चैत ६ गते इन्स्योरेन्सले सेयर दर्ता किताब बन्द (बुक क्लोज) मिति तय गरेको छ। जसअनुसार बुधबार (चैत २) सम्म कायम सेयरधनीहरुले मात्र एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।   

यस्तै, नेप्सेले गरिमा विकास बैंकको अन्तिम कारोबार मूल्य ५५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १६ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको छ। कम्पनीको १५ औं वार्षिक साधारणसभाबाट लाभांशको प्रस्ताव पारित हुँदै छ।   

साधारणसभा प्रयोजनका लागि चैत ४ गतेदेखि १८ गतेसम्म बैंकले सेयर दर्ता किताब बन्द (बुक क्लोज) मिति तय गरेको छ। जसअनुसार बुधबार (चैत २) सम्म कायम सेयरधनीहरुले मात्र गरिमा विकास बैंकको वार्षिक साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।   

3410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका