जोडिनुहोस
सोमवार, चैत्र १०, २०८१
सोमवार, चैत्र १०, २०८१

हालको खबर

  • होमपेज
  • आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढायो, पेट्रोल लिटरको १५५ पुग्दा डिजल र मट्टितेल १३८ रुपैयाँ

आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढायो, पेट्रोल लिटरको १५५ पुग्दा डिजल र मट्टितेल १३८ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ। निगमले पेट्रोल, डिजल, मट्टितेलसहित आन्तरिक र अन्तर्राष्ट्रिय तर्फ हवाई इन्धनको भाउ बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको साबिक मूल्यमा ५/५ रुपैयाँ बढाएको छ।

मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ। डिजल र मट्टितेलको भाउ प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ। निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धनको मूल्‍य पनि बढाएको छ। आन्तरिक तर्फ प्रतिलिटर १५ रुपैयाँ बढाएर १५१ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ २०० अमेरिकी डलरले वृद्धि गरी प्रतिकिलोलिटर १४९५ डलर पुर्‍याएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ। 

इन्डियन आयल कर्पोरेशन (आइओसी) ले निगमलाई बुधबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको थियो। 

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ। निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ।

4495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका