जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नबिल बैंक र युनिलिभर नेपालबीच सम्झौता

नबिल बैंक र युनिलिभर नेपालबीच सम्झौता

नबिल बैंक र युनिलिभर नेपालबीच ‘च्यानल फाइनान्सिङ’ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता हस्ताक्षरसंगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई ‘च्यानल फाइनान्सिङ’ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो । यस अन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले ‘च्यानल पार्टनर’को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरुबाट ‘च्यानल फाइनान्सिङ’ कर्जा उपभोग गर्न पाउने छन् ।

‘च्यानल फाइनान्सिङ’ का प्रमुख आर्कषण अन्तर्गत ‘च्यानल प्रिन्सिपल’ले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुतmानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ ।

1765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका