जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनसेलले एसियन टेलिकम अवार्ड अन्तर्गत पायो दुईवटा उपाधि

एनसेलले एसियन टेलिकम अवार्ड अन्तर्गत पायो दुईवटा उपाधि

 एनसेल एसियन टेलिकम अवार्ड २०२२ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ। कम्पनीले इन्टिग्रेटेड डेटा सेन्टर स्थापनासँगै सम्पन्न गरेका अन्य कामहरुलाई आधार मानेर पुरस्कृत गरिएको छ।   

सिंगापुरको एसियन मोबाइल न्युजले सन् २००३ देखि एसियन टेलिकम अवार्ड दिँदै आएको छ। उक्त अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसंचार कम्पनीका उत्कृष्ट उपलब्धी र पहललाई मान्यता दिँदै पुरस्कृत गर्दै आएको छ।

अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीहरुलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको छ। 

कोभिड–१९ महामारीको क्रममा टेलिकम कम्पनीहरूले ग्राहकलाई संचार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरेका थिए। बजारमा विभिन्न चुनौतीबीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई एसियन टेलिकम अवार्ड २०२२ ले सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड–१९ महामारीमा देशभर आफ्नै नेटवर्क प्रयोग गरी जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको छ। 

त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको आयोजकले जनाएको छ।  

पूर्वाधारको क्षेत्रमा एनसेलले भूकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय टियर थ्री मापदण्डको इन्टिग्रेटेड डेटा सेन्टर स्थापना गरेको छ। यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पुग्ने एनसेलले जनाएको छ। आधुनिक डेटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एसियाकै पहिलो  भएको दाबी एनसेलको छ। यो पूर्वाधार हालसम्म कम्पनीले ठूलो लगानी गरेका आयोजनामध्ये एक भएको र यसले ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास एनसेलको छ। 

डेटा सेन्टरले बैंक तथा वित्तीय संस्था, बीमालगायत विभिन्न कम्पनीलाई आफ्ना डेटामा आधारित व्यवसाय विस्तार गर्न र उनीहरूको आवश्यकताअनुसार भरपर्दो कनेक्टिभिटी प्रदान गर्न मद्दत गर्ने एनसेलले जनाएको छ। 

‘प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौं। सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ। सन् २०२० देखि कोभिड–१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेसन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘हाम्रा उपलब्धीहरू हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन्। म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु,’
 
एनसेलले सरकारलाई कोभिड-१९ रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० करोड रुपैयाँ योगदान गरेको थियो। कम्पनीले  आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारीको रोकथामको लागि जनसचेतना अभिवृद्धि गर्ने काम गर्दै आएको छ। 

सन् २०२१ मा पनि एनसेल ‘आजियाटा सिनियर लिडरसिप अवार्ड २०२१’ अन्तर्गत ‘मस्ट इम्प्याक्टफुल सस्टेनेबिलिटी इनिसिएटिभ’, ‘बेस्ट ओभरअल कोभिड–१९ रेस्पोन्स’, ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ मा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ बाट सम्मानित भएको थियो। 

यस्तै, ‘वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेस् अलाएन्स (विट्सा)बाट ‘मेरिट विनर’का रूपमा ‘ई–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ)’, ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ मा ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड तथा ‘एचआर मिट २०२१’ मा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ बाट सम्मानित भएको एनसेलले जनाएको छ। 

3400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका