जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • गुडविल फाइनान्सले संस्थापक समूहतर्फको ९३ हजार ४८९ कित्ता सेयर शिलबन्दी बोलकबोल मार्फत बिक्री

गुडविल फाइनान्सले संस्थापक समूहतर्फको ९३ हजार ४८९ कित्ता सेयर शिलबन्दी बोलकबोल मार्फत बिक्री

गुडविल फाइनान्सले संस्थापक समूहतर्फको ९३ हजार ४८९ कित्ता सेयर शिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने भएको छ। बोलकबोलका लागि चैत २८ गतेसम्म आवेदन दिइसक्नु पर्ने फाइनान्सले जनाएको छ।

सेयर खरिद गर्न न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। फाइनान्सका अनुसार अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। फाइनान्सले संस्थापक सेयरको मूल्य प्रति कित्ता न्यूनतम १५० रुपैयाँ निर्धारण गरेको छ। सो मूल्यभन्दा कममा आवेदन पेश गर्न पाइने छैन।

सेयर खरिद गर्न इच्छुक योग्य जो कोहीले चैत २८ गते भित्र मुक्तिनाथ क्यापिटल कमलादीमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने फाइनान्सले जानकारीले दिएको छ। 

4095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका