जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले धादिङस्थित दुई विद्यालयका विद्यार्थीलाई दियो स्टेशनरी सामान

मुक्तिनाथ विकास बैंकले धादिङस्थित दुई विद्यालयका विद्यार्थीलाई दियो स्टेशनरी सामान

मुक्तिनाथ विकास बैंकले धादिङस्थित बद्री विशाल मावि र स्वर्णिम एकाडेमीका विद्यार्थीहरूलाई स्टेशनरी सामानहरू वितरण गरेको छ।

बैंकले शिक्षा तथा बालबालिकाहरूको हितसम्बन्धी विभिन्‍न सामाजिक उत्तरदायित्व अन्तर्गत कामहरू गर्दै आएको छ। सोहीअन्तर्गत १८२ विधार्थीहरूलाई कपी, कलम, पेन्सिल, पेन लगायत स्टेशनरी सामानहरू हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त सहयोगबाट बैंकले विधार्थीहरूमा शिक्षाप्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ।

2810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?