जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • २२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, तरलतामा थप चाप पर्न सक्ने

२२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, तरलतामा थप चाप पर्न सक्ने

नेपाल राष्ट्र बैंकले सोमबार सरकारका लागि २२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो ।

बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनका लागि, ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनको लागि, ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि, र ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको हो ।

३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बाहेक अरु सबै ट्रेजरी बिल यस अघि नै बिक्रि गरिएको बिलका नवीकरण हो। ३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने नयाँ हो । २८ दिन अवधिको बिल २०७९ साल बैशाख १३ गते, ९१ दिनको ट्रेजरी बिल २०७९ साल असार १४ गते, १८२ दिन अवधिको ट्रेजरी बिल २०७९ साल असोज ११ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०७९ साल चैत्र १४ गते परिपक्व हुनेछ ।

4660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका