जोडिनुहोस
मङ्लबार, जेष्ठ २३, २०८०
मङ्लबार, जेष्ठ २३, २०८०
  • होमपेज
  • मेगा क्यापिटल मार्केटस्लाई कारोबार अनुमति

मेगा क्यापिटल मार्केटस्लाई कारोबार अनुमति

मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायककम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ ।

मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले पूँजी बजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्तामर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थितकेन्द्रीयकार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताउनुभयो ।

ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु पूँजी बजारमा ल्याउनु नै कम्पनीको मूल उद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वर बहादुर गुरुङ्ले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका