जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विकास बैंक र फाइनान्सले दिन छाडे कर्जा !

विकास बैंक र फाइनान्सले दिन छाडे कर्जा !

बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन घट्दै गएको छ । यसका कारण बैंक तथा वित्तीय संस्थालाई ऋण प्रवाहमा कठिनाइ हुँदै गएको छ । उनीहरुले ऋण प्रवाह खुम्च्याएका छन् ।

कतिपय बैंक तथा वित्तीय संस्था अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाबाट ४६ खर्ब ९५ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ भने ४८ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
आइतबार मात्र बैंक तथा वित्तीय संस्थामा २ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

अघिल्लो दिनको तुलनामा आइतबार विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप संकलन १ अर्ब रुपैयाँ घटेको छ । उक्त दिन वाणिज्य बैंकहरुले ३ अर्ब निक्षेप संकलन गरी १ अर्ब ऋण प्रवाह गरेका छन् ।

विकास बैंक र फाइनान्सले उक्त दिन कर्जा प्रवाह नगरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो तथ्यांकले अहिले फाइनान्स कम्पनी र विकास बैंकमा निक्षेप संकलन घट्न थालेको देखाउँछ ।

सो दिन वाणिज्य बैंकको कर्जा निक्षेपबीचको अनुपात (सीडी रेसियो) ९० दशमलव ७० प्रतिशत कायम भएको छ । पछिल्ला दिनहरुरूमा सीडी रेसियोमा चाप परेको देखिन्छ । अघिल्लो दिन सीडी रेसियो ९० दशमलव ७४ प्रतिशत पुगेको थियो । यसले पनि बैंकहरू अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेको देखाउँछ ।

3445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?