जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत तीन ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको हो ।

सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक राम हरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?