जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रमलाई आरओ वाटर प्युरिफायर सहयोग

एनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रमलाई आरओ वाटर प्युरिफायर सहयोग

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरको मनहरी–८ स्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ । आश्रयस्थलमा रहेका व्यक्तिलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिलाई खानेबस्ने सुविधासहित आश्रय दिँदै आएको उक्त संस्थालाई बैंकका सर्कल हेड–नारायणगढ रामकृष्ण काफ्लेले वैशाख २ गते आयोजित कार्यक्रममा आश्रमका संरक्षक विजयराज सिग्देललाई आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।

बैंकले प्रदान गरेको सहयोगबाट आश्रममा आश्रित व्यक्तिहरूले स्वच्छ खानेपानीको सुविधा प्राप्त गर्नुका साथै उनीहरूको स्वास्थ्य र दैनिक बसाइ थप सहज हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?