शुक्रबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेको छ । उक्त भेटघाटमा नाडाले आयातका लागी प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरि दिन आग्रह गरेको हो ।
उक्त भेटघाटमा अध्यक्ष थापाले नेपालको अटोमोवाइल क्षेत्रलाई नजरअन्दाज गर्दै वित्तिय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको एलसी खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरि दिन आग्रह गरे । उनले २ खर्व भन्दा बढीको लगानी रहेको यस क्षेत्रमा हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पुर्याएको समेत स्मरण गराए । साथै देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिदै आएको समेत जानकारी दिए ।
सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइलक्षेत्रको ठूलो योगदानका वावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे ।
उक्त छलफलको क्रममा प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र एलसी खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन दिए ।