जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एनएमबि सरल बचत फण्ड-ईले आजबाट इकाइ जारी गर्दै, खुलामूखि इकाइ भदौ २१ सम्म जारी हुने

एनएमबि सरल बचत फण्ड-ईले आजबाट इकाइ जारी गर्दै, खुलामूखि इकाइ भदौ २१ सम्म जारी हुने

एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि सरल बचत फण्ड-ईले आजबाट इकाइहरु जारी गरेको छ। एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्डले नयाँ स्किम भदौ २१ गतेसम्म जारी गर्ने छ।

प्रति इकाइ १० रुपैयाँ दरको हुने यो खुलामुखी स्किम हो। सुरुमा १० करोड इकाइमध्ये ४० प्रतिशत अर्थात चार करोड रुपैयाँको पहिलो चरणमा बिक्री गरिने छ। 

निष्कासन गरिने इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत अर्थात एक करोड ४० लाख कोष प्रवर्द्धक बैंकले र १ प्रतिशत योजना व्यवस्थापक क्यापिटलले राख्ने छन्। एक प्रतिशतमा १० लाख इकाइ पर्छ। बाँकी रहेको २ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ।

सर्वसाधारणले न्यूनतम १०० इकाइ र बढीमा ४० लाख इकाइका लागि आवेदन दिन सक्छन्। खुलामुखी भएकाले यो योजनाको अवधि छैन। अर्थात यो परिपक्व हुँदैन। 

यसअघि कम्पनीको दुई स्किम सञ्चालनमा ल्याएको थियो। अहिले पनि यो सञ्चालनमा छ। एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड एल-१ सञ्चालनमा छन्।

2245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका