जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • टेलिकमको सुस्ततामा नियामकको प्रश्न, अघि बढेका प्रोजेक्टले गति नलिँदा आम्दानी घटेको तर्क

टेलिकमको सुस्ततामा नियामकको प्रश्न, अघि बढेका प्रोजेक्टले गति नलिँदा आम्दानी घटेको तर्क

नेपाल टेलिकमको कार्य सुस्ततामा नियामक निकाय र तालुकदार निकायले प्रश्न उठाएका छन् । आइतबार नेपाल टेलिकमकाे १९औं वार्षिकोत्सव कार्यक्रममा आफ्ना धारणा राख्दै नियामक तथा तालुकदार निकायले टेलिकमको काममा सुस्सता आएको बताएका हुन् ।

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले भने काठमाडौं रिङरोड भित्र नै टेलिकमको फोरजी सेवा प्रभावकारी नभएको बताएका छन् । ‘रिङरोड भित्रै सबै ठाउँमा यस सेवा उपलब्ध छ ?’, उनले पुनः प्रश्न गरे, ‘गुणस्तरीय सेवा दिन नसक्ने हो भने यही प्रयोग गर्नुपर्छ ?’ पछिल्लो समयमा पटक–पटक सेवा अवरुद्ध भएको विषयमा अध्यक्ष खनालले टेलिकमको ध्यानआकर्षण गराएका थिए । उनले ग्राहक बढीरहेको तर टेलिकमको आम्दानी घटीरहेको विषयमा खोजी हुनुपर्ने समेत धारणा राखे ।

टेलिकम १९ वर्ष अगाडि कम्पनीमा रुपान्तरण हुँदा ४ लाख २२ हजार ग्राहक संख्या थिए भने सिमित प्रकारका सेवा मात्रै उपलब्ध गराउने अवस्था रहेको थियो । अहिले टेलिकमले भ्वाईस सेवा देखि इन्टरनेट सेवा सम्म आधा दर्जन भन्दा धेरै सेवा २ करोड भन्दा धेरै नेपालीहरुसमक्ष पुर्याउने काम गरेको छ ।

1320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?