जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • अर्थतन्त्र गम्भीर संकटको मोडमा पुगेको छ, मन्त्रीहरू कमाउ धन्दामा लिप्त छन्ः पूर्वअर्थमन्त्री खतिवडा

अर्थतन्त्र गम्भीर संकटको मोडमा पुगेको छ, मन्त्रीहरू कमाउ धन्दामा लिप्त छन्ः पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रमा संकटको संकेत देखिएको बताए ।

एक वर्षको अवधीमा ११ महिनासम्मको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति ६ महिनाको आयात धान्न पुग्ने अवस्थामा पुगेको उनले बताए ।
नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा खतिवडाले भने, ‘ अर्थतन्त्रको अवस्था खराब हुँदा समेत सरकारले सिन्कोसम्म भाँचेको छैन । उल्टो मन्त्रीहरू निर्वाचन लक्षित गर्दै कमाउ धन्दामा लागेका छन् ।’

आफूले केही नगरेको सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नरलाई प्रतिशोधले हटाएको आरोप लगाए ।

सरकारमा रहेका व्यक्तिको प्राथमिकता कमाउ धन्दामा भएको भन्दै अर्थतन्त्रका समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताए ।
अर्थमन्त्रीको अज्ञानता र असक्षमताले अर्थतन्त्र झनै खराब अवस्थामा पुगेको खतिवडाको भनाइ छ ।

सरकारले अनावश्य वस्तुको आयात गर्न दिएर अनौपचारिक कारोबार र तस्करीलाई बढवा दिँदा बैकिङ प्रणालीका पैसा अभाव भएको खतिवडाको भनाइ छ ।

गठबन्धन टिकाउन अनावश्यक निकाय स्थापना गरिरहेको बताउँदै खतिवडाले अर्थतन्त्र सुधार गर्न सरकार नलागेको बताए ।

एमसीसीका विषयमा सत्ता गठबन्धन भएको बिरोधलाई खतिवडाले विकासका विषयमा सरकारको समान धारणा नहुँदा विकास साझेदारको विश्वास समेत गुमाएको बताए ।

मित्र राष्ट्र र दातृनिकायमा बिषयमा गरेको अनावश्यक टिप्पणीले समेत सरकारको दातृनिकायको विश्वास गुमाएको छ।

भूमाफियाको चंगुलमा अर्थतन्त्र परेको समेत खतिवडाले आरोप लगाए । हुण्डी कारोबार बढिरहेको भन्दै अर्थतन्त्र थप संकटमा पर्ने चेतावनी दिए ।

सरकारले नोटबन्दी गर्ने भन्दै आतंक फैलाइरहेको भन्दै कर्मचारीतन्त्रमार्फत् चुनाव खर्च उठाउन लागेको समेत खतिवडाको आरोप छ।

प्रतिस्थापन विधेयकमार्फत् भ्रष्टाचार गरेको सरकारले सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान विभागलाई आफूअनुकुल प्रयोग गरिरहेको खतिवडाले दाबी गरे।

‘स्रोत नखुलेको सम्पत्ति नियन्त्रण गर्नुभन्दा पनि त्यस्तो रकम छुटाउन अर्थमन्त्री आफैं लागेको छ,’ खतिवडाले भने, ‘यस्तो गतिविधिले हामी अन्तर्राष्ट्रिय अनुगमनमा गर्ने र कालो सूचीपर्ने समेत खतरा छ ।

3745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका