जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु बैंकका सीइओ अशोक शेरचनको तलब/भत्ता ६२ लाख बढ्यो

प्रभु बैंकका सीइओ अशोक शेरचनको तलब/भत्ता ६२ लाख बढ्यो

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका तलब/भत्ता बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण अनुसार प्रभु बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतका लागि तलब/भत्ता तथा सेवा/सुविधामा २ करोड २९ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छ ।

आर्थिक वर्ष २०७४/७५ मा बैंकले सीइओको तलब भत्ताको लागि १ करोड ६७ लाख ६१ हजार रुपैयाँ खर्च गरेको थियो ।

बैंकको वार्षिक विवरण अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता अन्तर्गत वर्षमा १ करोड ८० लाख ७४ हजार रुपैयाँ दिएको छ । कर्मचारी बोनस अन्तर्गत बैंकले सीइओलाई २३ लाख ३६ हजार रुपैयाँ दिएको छ । दशैं तथा बिदा वापतको भत्ता गरेर २५ लाख ७८ हजार रुपैयाँ दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा प्रभु बैंकले सीइओको लागि १ करोड १३ लाख ९२ हजार तलब भत्ता गरेर एक वर्षमा दिएको थियो । कर्मचारी बोनस अन्तर्गत ३७ लाख ७२ हजार तथा दशैं बिदा वापत १५ लाख ९७ हजार रुपैयाँ दिएको छ । सीइओ शेरचनले पाउने कर्मचारी बोनस भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

बैंकले सीइओको लागि वर्षमा २ करोड २९ लाख रुपैयाँ खर्च गरेपनि सीइओले सो रकममा कर कटाएर मात्र सुविधा पाउछन् । यस्तो सुविधामा ३६ प्रतिशतको कर लाग्ने गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकका उच्च पदाधिकारीको तलब भत्ता तथा बोनसको लागि २ करोड ३१ लाख रुपैयाँ खर्च गरेको छ । जसमा तलब भत्ताको लागि १ करोड ९८ लाख,कर्मचारी बोनस अन्गर्त १७ लाख ९९ हजार दशैं तथा बिदा वापत १५ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकले प्रमुख कार्यकारी अधिकृतलाई इन्धन मर्मत सम्भार सहितको गाडी सुविधा दिएको छ । प्रमुख कार्यकारी अधिकृत सहित उच्च कर्मचारीलाई मोबाइल फोनको भुक्तानी समेत बैंकले गर्छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकको कर्मचारी सुविधाको लागि १ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो सुविधामा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

बैंकले कर्मचारीको तलबको लागि ५२ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । भत्ता अन्गर्त ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । यस आधारले हेर्दा तलब भन्दा केही कम मात्र बैंकले कर्मचारीको भत्तामा खर्च गरेको देखिन्छ । बैंकले कर्मचारीलाई २३ करोड ४६ लाख रुपैयाँ गतवर्ष बोनस दिएको छ । अघिल्लो वर्ष कर्मचारीले बोनस अन्तर्गत १५ करोड रुपैयाँ पाएका थिए ।

बैंकले सेयरधनीलाई एक दशक यताकै उत्कृष्ट लाभांश दिएको छ । बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने नगद लाभांशको लागि ०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । जुन आजको साधारणसभाले पारित गर्ने छ ।

१६ प्रतिशत बोनस सेयर दिएपछि प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुने छ । सीइओ शेरचन स्थापनाकाल देखिनै प्रभुका सीइओ हुन् । उनको नेतृत्वमा बैंकले उल्लेख्य प्रगति गरेको छ

7640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका