जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मोबाइल, टीभीदेखि मोटरसाइकलसम्मका वस्तु आयातमा बन्देज

मोबाइल, टीभीदेखि मोटरसाइकलसम्मका वस्तु आयातमा बन्देज

सरकारले १० वस्तुको आयातमा बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकल‍लगायत १० वस्तुको आयातमा रोक लगाएको हो । विलासी उपभोग्य वस्तु असार मसान्तसम्म आयातमा बन्देज लगाइएको हो ।

आयात बन्देज लगाइएको वस्तुहरुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा प्रदार्थबाहेक) छन् । 

त्यस्तै, हिरा (औद्योगिक कच्चा प्रदार्थबाहेक), मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा बन्देज लगाइएको छ ।

राजपत्रअनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुँदैन । त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि यी वस्तुहरु आयात गर्न सक्ने जनाइएको छ । 

4205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका