जोडिनुहोस
शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकले ३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै

राष्ट्र बैंकले ३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैैंकले उक्त कोषमा भएको ३३ करोड रुपैयाँ मुद्दतीमा राख्न लागेको जनाएको छ ।

बैंकले वाणिज्य बैंकमा २६ करोड ४० लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ४ करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ६५ लाख रुपैयाँ राख्न लागेको छ ।

राष्ट्र बैंकले उक्त रकम वैशाख ९ देखि २०८० वैशाख ९ गतेसम्मको लागि राख्न लागेको जनाएको छ । त्यसको लागि वैशाख ६ गते ५ बजेभित्र ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।

यसका लागि राष्ट्र बैंकले विभिन्न शर्त तोकेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको हुनुपर्ने, खराब कर्जा ५ प्रतिशत वा सो भन्दा कम हुनुपर्ने, सीडी रेसियो बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ह्ुनुपर्ने लगायतका शर्त रहेका छन् ।

3770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका