जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा

मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्काे ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ ।

प्रशोधन केन्द्रको क्षमता आठ करोड ५० लाख लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र अर्काे एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने एडिबीको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन केन्द्रको ठेक्का सम्झौताको अवधि गत महीना सकिएको थियो ।

सोही ठेकेदार कम्पनीलाई नै आयोजनामा यसअघि काम गरेको कम्पनी (सिएमसी)ले छाडेर गएका कतिपय निर्माणका काम थप दिइएकाले तीन महीना अवधि थपिएको छ ।

“अबको दुई÷तीन महीनामा सबै काम सकिन्छ”, पन्तले भन्नुभयो । आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणमा ठेक्कामार्फत काम अघि बढाएको छ । सुरुङ निर्माण र हेडवर्क निर्माणका लागि सरकारले केही समय अघि मात्रै ठेक्का सम्झौता गरेको थियो ।

11270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?