जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • मुक्तिनाथ क्यापिटलले ल्यायो नयाँ डिम्याट र मेरो शेयर खाता खोल्दा अफर, १,९९९ मा आजीवन

मुक्तिनाथ क्यापिटलले ल्यायो नयाँ डिम्याट र मेरो शेयर खाता खोल्दा अफर, १,९९९ मा आजीवन

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले ‘आजीवन डिम्याट तथा मेरो शेयर खाता’ योजना ल्याएको छ। योजनाअन्तर्गत १ हजार ९ सय ९९ रुपैयाँमा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने तथा उक्त खाता आजीवन नवीकरण गर्न सकिने छ।
मुक्तिनाथ क्यापिटलमा डिम्याट खाता भएकाले पनि आफ्नो बक्यौता बुझाइ यो योजनाका सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ।योजना अन्तर्गत डिम्याट तथा मेरो शेयर खाताको नवीकरण क्यापिटलले नै गरिदिने हुनाले ग्राहकलाई बर्सेनि नवीकरणको झमेला नहुने जारी विज्ञप्तिमा उल्लेख छ।

यो नयाँ योजनाअन्तर्गत १ हजार ९ सय ९९ मा आजीवन डिम्याट तथा मेरो शेयर खाता चलाउन पाइने, मुक्तिनाथ क्यापिटलले दिइरहेको लगानी व्यवस्थापन सम्बन्धी सेवामा वार्षिक शुल्क छुट पाइने, १ हजार ४ सय ९९ रुपैयाँ शूल्क पर्ने शेयर बजार सम्बन्धी अनलाइन तालिम निःशुल्क प्राप्त गर्न सकिने लगायत एसएमएस तथा इमेल मार्फत डिम्याट खाता सम्बन्धी जानकारी प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ।

यो नयाँ अफर आगामी असारसम्म रहने जनाइएको छ। यो सुविधा मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंक तथा लुम्बिनीविकास बैंकका शाखा कार्यालयहरु मार्फत र इसेवाको माध्यमबाट अनलाइन भुक्तानी गरेर समेत लिन सकिने जनाइएको छ ।

6635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?