जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सामाजिक सुरक्षा कोषमा दर्ता भयो सिभिल बैंक

सामाजिक सुरक्षा कोषमा दर्ता भयो सिभिल बैंक

सामाजिक सुरक्षा कोष योजनामा कुल १२ हजार ७९ वटा रोजगारदाता संस्था आबद्ध भएका हुन्। दोहोरो कर लगाएको भन्दै बैंक तथा वित्तिय संस्थाहरु कोषमा आबद्ध नभएको समयमा सिभिल बैंक आबद्ध भएको छ।

कोषमा लक्ष्मी, प्राइम, प्रभु, एनसीसी, मेगा बैंक लगायत ग्लोबल आइएमइ बैंकको पनि आबद्धता थिए। बिबाद आउनुअघि नै यी संस्था आबद्ध भएका थिए। तर उनीहरुले बुझाउनु पर्ने रकम भने बुझाएका छैनन् । दोहोरो करको बिबादपछि कोषमा बुझाउनु पर्ने रकम र नयाँ दर्ता हुन बाँकी रहेका बैंकहरु गएका थिएनन्।

बैंकरहरुले राखेका माग संबोधनका लागि मन्त्रीपरिषद् पुगिसकेको तर निर्णय हुन बाँकी रहेको समाचार स्रोतको दाबी छ ।

अहिलेसम्म ४८ करोड रुपैयाँ कोषमा जम्मा भइसकेको उनले जानकारी दिए।

नेपाल मेडिकल कलेज, किरण सुज (गोल्डस्टार), सोल्टी होटल, मेरियट होटल, शंकर ग्रुप, यति डिष्ट्रिलरी लगायतका कम्पनी पनि आवद्ध भएका छन्।

बैंकबाहेक अहिले सूचीकृत हुने रोजगारदाता कम्पनीहरुमा नेपालका ठूला व्यवसायिक घरानाहरु अगाडि देखिएका छन्। चौधरी ग्रुप, गोल्छा अर्गनाईजेसन, डाबर नेपाल, सुर्य नेपाल,शिवम सिमेन्ट, युनिलिभर, जिफोर एस सहितका कम्पनी कोषमा दर्ता भएका छन्।

 

11405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका