जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • अब माछापुच्छ्रे बैंकको खाता खल्तीमा लिङ्क गर्न पाइने

अब माछापुच्छ्रे बैंकको खाता खल्तीमा लिङ्क गर्न पाइने

खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बिचको साझेदारी भए साथै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । यस सेवा सुचारु भए लगत्तै ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले १०० बोनस तुरुन्तै प्राप्त गर्ने छन् । साथै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्ग स्मार्टफोन पनि जित्न सक्नेछन् । 

दुबै बोनस र स्मार्टफोन आफ्नो माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ । बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाइसी भने भेरिफाइ गरेको हुनुपर्छ । 

एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यस मार्फत वालेट लोड नगरी केही ट्याप मै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सकिनेछ। यस प्रकारका सेवाहरूले समय बचतका साथ–साथै भुक्तानी सहज पनि बनाउँछ।

अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्, “खल्ती डिजिटल वालेटका प्रयोगकर्ताहरूले अब आफ्नो खल्ती खातामा बिना पैसा लोड सिधै बैंक खाता मार्फत भुक्तानीको मज्जा लिन सक्नेछन्। यो सुविधा सबै बैंकका ग्राहकहरूलाई उपलब्ध गराउनेको साथै थप सहज रूपमा डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं।”

5960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका