

मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने भएका छन् । बैंकले आफ्नो ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी विभिन्न कम्पनीहरुसँग सम्झौता गरी छुट सेवा दिँदै आएको छ ।
बैंक र भरतपूर टाउन रेसिडेन्सीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।