जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ओकिनावा स्कुटर खरीद गर्ने ग्राहकलाई ०% इएमआइमा ऋण उपलब्ध गराउने

माछापुच्छ्रे बैंकले ओकिनावा स्कुटर खरीद गर्ने ग्राहकलाई ०% इएमआइमा ऋण उपलब्ध गराउने

माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकले ओकिनावा स्कुटर खरीद गरेमा शुन्य प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ। बैंकले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहाकका लागि स्किम ल्याएको हो।

बैंकले बीएचसी इन्टरनेशनल प्रालिसँग सम्झौता गरी इन्स्टापे सुविधामार्फत शुन्य प्रतिशत इएमआइमा पाउने ब्यवस्था गरेको हो। सम्झौतापत्रमा बीएचसीका प्रबन्ध निर्देशक हासिम अन्सारी र बैंकका प्रमुख ब्यवसाय अधिकृत डिल्लीराम गिरिले हस्ताक्षर गरेका छन्। पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अहिलेको परिवेशमा विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिने उद्देश्यले नयाँ स्किम ल्याएको जनाएको छ।

ग्राहकले ६ देखि १८ महिनासम्मका लागि शुन्य प्रतिशत इएमइमा स्कुटर किन्न सक्छन्। यो सुविधा कम्पनीको देशभरका सबै सोरुमबाट लिन सकिन्छ।

6750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?